Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


वुलिंग कार किन्दा सुनको हार, लेभ्निङ स्कुटर किन्दा हिराको औंठी पाइने

एक्सन खबर
फागुन, ३, २०८०


वुलिंग कार किन्दा सुनको हार, लेभ्निङ स्कुटर किन्दा हिराको औंठी पाइने

काठमाडाैं । नेपाली बजारमा बिगत ३१ बर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा ब्यापार ब्यवसाय गर्दै आइरहेको छ । बज्र ग्रुपले स्यानेटरी आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोवाइल क्षेत्रमा व्यापार ब्यवसाय गर्दै आइरहेकाे छ ।

यसै अनुरूप बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ.भी. नेपाल मोटर्सले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा ग्राहकले हिराको औंठी उपहार पाउने छन् । यो स्किम निश्चित समयको लागि लागु गरिएको कम्पनीले जनाएकाे छ ।

वुलिंग गाडी २०० कि मि र ३०० किमीमा उपलब्ध छ भने कार काठमाडाैंकाे नक्साल र ललितपुर भैंसेपाटी शोरुमबाट खरिद गर्न सकिन्छ । गाडीमा ८ बर्षको वारेन्टी पाइने कम्पनीले जनाएकाे छ । साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ ।

स्कुटर नेपाल भरिको मुख्य मुख्य सहरका शाेरूमहरूमा उपलब्ध छ । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ जसमा कलेजको विद्यार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपाङ्ग सबैलाई हुने खालको रहेका छन् ।

लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु छ । स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपाल भरि डेलिभरीको व्यवस्था सँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ ।













0 प्रतिकृया