Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


शिक्षा क्षेत्रको अवस्था सुधार्न पहल गरिरहेकी छु : सांसद भगबती चौधरी

एक्सन खबर
फागुन, ३, २०८०


शिक्षा क्षेत्रको अवस्था सुधार्न पहल गरिरहेकी छु : सांसद भगबती चौधरी

सुनसरी। नेपालकाे शिक्षा क्षेत्रका ब्यापक सुधारका लागि पहल गरिरहेकाे सांसद भगबती चौधरीले बताएकी छन् । जीवन धान्नका लागि सैद्धान्तिक ज्ञान सँग-सँगै व्यावहारिक ज्ञान पनि आवस्यक पर्ने बताउँदै त्यसका लागि नेपालकाे शैक्षिक प्रणालीमै सुधार ल्याउनु पर्ने जिकीर गरिन् ।

इटहरी उप-महानगरपालिका स्थित सरस्वती सतन माध्यामिक बिद्यालय को ७३ औँ स्थापना दिवस समारोहमा बोल्दै पुर्वमन्त्री समेत रहेकी सांसद चाैधरीले भनिन्,‘व्यक्ति आत्मनिर्भर बन्नका लागि सीपमूलक शिक्षा अनिवार्य हुन्छ । बद्लिँदो समयसँग प्रतिस्पर्धा गर्न र बेरोजगारको संख्या न्यूनीकरण गर्नका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । नेपालकाे शिक्षा प्रणालीमा ब्यापक सुधारकाे खाँचाे छ । ब्यवहारमुखी र सीपमुलक शिक्षाबाट नै समुन्नत समाज र राष्ट्र निर्माण हुन्छ । शिक्षा क्षेत्रकाे अवस्था सुधार्न लागि परेकाे छु ।’

सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा अनिवार्य गर्न आफुले पहल गरिरहेको बताउँदै सांसद चाैधरीले सरस्वती सतन माध्यामिक विद्यालयकाे पूर्वाधार कम्जोर रहेकाे भन्दै पूर्वाधार निर्माणमा आवश्यक बजेट विनियाेजन गर्न पहल गर्ने प्रतिबद्धता जनाइन् । बर्तमान शिक्षा प्रणालीले शिक्षित बेराेजगार मात्र उत्पादन गरिरहेकाे तर्क गर्दै सांसद चाैधरीले विद्यालय र विश्व विद्यालयमा पढाइने सैद्धान्तिक शिक्षाले कुनै ठाेस उपलब्धी हासिल हुन नसकेकाे बताइन् ।

‘नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् । यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै वर्चस्व छ । भारतीयलगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदा समेत हामीले नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं । याे परिपाटीकाे अन्त्य हुने शिक्षा प्रणाली अब बनाउनु पर्छ ।’ चाैधरीले भनिन् ।

उनले आफ्नै घर आँगनमा रहेका श्राेतहरूकाे सदुपयोग गर्न सक्ने शिक्षा भए हरेक नागरिक उद्यमी र स्वावलम्बी हुने जिकिर गरिन् । ‘सीप मुलक शिक्षा भए हरेक नागरिकले आयआर्जन गर्न सक्छन् । यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्छन् ।’ गाउँ–गाउँमा प्राविधिक शिक्षालय खुल्नुपर्ने भन्दै मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण हाम्रै समाजमा रहेकाे उनकाे भनाइ छ ।

कार्यक्रममा उत्कृष्ठ, जेहन्दार विधार्थीहरुलाई सांसद चाैधरीसँगै काेशी प्रदेश सभा सदस्य राेहितबहादुर कार्की लगायतले पुरस्कार वितरण गरेका थिए भने, विद्यालयका जग्गादाता परिवारका सदस्यलाई पनि सम्मान गरिएको थियो ।















0 प्रतिकृया