Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदहरूकाे प्रश्नाेत्तर

एक्सन खबर
फागुन, ६, २०८०


प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदहरूकाे प्रश्नाेत्तर

काठमाडाैं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजकाे बैठकमा प्रधानमन्त्रीसँगकाे प्रश्नाेत्तर कार्यक्रम रहेकाे छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेकाे छ ।

यस्तै, संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

यसैगरी, राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य तथा विज्ञान विश्वविद्यालय विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद सचिवालयले जनाएकाे छ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्यांकन विधेयक सबन्धी प्रतिवेदन २०८०’ पेश गर्नेछन् । भने, अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८०’ लाई स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।













0 प्रतिकृया