सांसद सुनिलकुमार शर्मा नेतृत्वको स्वास्थ्य टोली कालिकोटको नाग्मामा, १६४२ जना लाभान्वित
काठमाडौं । सांसद सुनिलकुमार शर्मा नेतृत्वको स्वास्थ्य टोलीले कालिकोटको नाग्मामा निःशुल्क स्वास्थ्य शिविर गर्दा १६ सय बढी सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली लिएर सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको भ्रमणमा रहेका डा. शर्माको स्वास्थ्य टोलीले कालिकोटको सदरमुकाम नाग्मामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा १६ सय ४२ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १०३ जनाको इसिजी, २११ जनाको ल्याब परीक्षण, १५५ जनाको भिडियो एक्सरे, ९९ जनाको इसिजी गरिएको छ । जनरल मेनेजर दाहालका अनुसार शिविरमा स्वास्थ्य जाँच गराउन आएका मध्ये ८७ जनाको दाँत खोलिएको छभने, ६९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरबाट शल्यक्रिया तथा थप उपचारका लागि ओ.टी. रेफर गरिएकाहरुलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको सांसद डा. सुनिलकुमार शर्माले बताएका छन् । डा. शर्माको प्रमुख आतिथ्यतामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आयोजक तिलगुफा नगरपालिका नग्माका प्रमुख शंकरप्रसाद उपाध्याय सभापति रहेका थिए ।
शिविरको उद्घाटन सत्रमा बोल्दै सुभास पोखरेल, नारायण दाहालले केएमसीको स्वास्थ्य सेवा, त्यहाँको नविनतम स्वास्थ्य प्रविधि, निःशुल्क स्वास्थ्य शिविर गर्नुको उद्देश्य सँगै सांसद डा. शर्माले निःशुल्क स्वास्थ्य शिविरमार्फत देशभरका नागरिकलाई पुर्याईरहनु भएको योगदानको चर्चा गरेका थिए ।
0 प्रतिकृया