Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


सांसद सुनिल शर्माको स्वास्थ्य शिविरद्वारा ६२१ बिरामी लाभान्वित

एक्सन खबर
असार, २६, २०८१


सांसद सुनिल शर्माको स्वास्थ्य शिविरद्वारा ६२१ बिरामी लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ६२१ जना बिरामी लाभान्वित भएका छन् । सांसद शर्माले ललितपुरको त्यागलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका सर्वसाधारणले स्वास्थ्य जाँच गराए । 

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिएको शिविरमा ४९ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण, ६२ जनाको भिडियो एक्सरे तथा २२ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा स्वास्थ्य जाँचका लागि आएका मध्ये २३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । 

सांसद शर्माले आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट आजसम्म लाखौं नागरिक लाभान्वित भएको केएमसीले जानकारी दिएको छ । 

शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतको सेवाहरु दिइने गरिएको छ । 
















0 प्रतिकृया