चाैथाे पटक प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष ओली
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहान ११ बजे शपथ लिनुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदहरुलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ । नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
गत शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा संसद्मा विश्वास गुमाउनुभएपछि एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । उहाँ चाैथाेपटक प्रधानमन्त्री बन्न लाग्नु भएकाे हाे । यसअघि उहाँ २०७२ साल, ०७४ साल र ०७८ सालमा प्रधानमन्त्री बन्नु भएकाे थियाे ।
कांग्रेस–एमाले गठबन्धनलाई संसद्का अन्य दलले पनि साथ दिएका छन् । ओलीले दुईतिहाइ बढी सांसदको समर्थन पाएका छन् । ओलीलाई कांग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाको ७, जनमतको ६, उपेन्द्र यादव नेतृत्वको जसपाको ५ र लोसपाका ४ सांसदको समर्थन छ ।
0 प्रतिकृया