Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरूले लिए पद तथा गाेपनियताकाे सपथ

एक्सन खबर
असार, ३१, २०८१




प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरूले लिए पद तथा गाेपनियताकाे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मुलुककाे ४५ औं प्रधानमन्त्रीकाे पद तथा गोपनियताको सपथ लिनुभएकाे छ । आज शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई पद तथा गोपनियताको सपथ गराउनु भयो । 

शितल निवासमै आजै गठबन्धन सरकारमा मन्त्रीहरूले समेत सपथ लिनुभयाे । सपथ  लिएसँगै मन्त्रीहरू आ-आफ्ना मन्त्रालय गएर पदभार ग्रहण गर्दै मन्त्रालयगत निर्णयमा हस्ताक्षर गरेका थिए । 

एमालेबाट उपप्रधान सहित अर्थमा बिष्णु पौडेल, सूचना तथा संचार प्रविधिमा पृथ्वी सुब्बा गुरुङ, रक्षामा मानवीर राई, भौतिक पूर्वाधार तथा यातायात देवेन्द्र दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि विद्या भट्टराई, उद्योग, बाणिज्य तथा आपूर्तिमा दामोदार भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमा बलराम अधिकारी मन्त्रीमा नियुक्त हुनु भएको छ ।

यस्तै कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधानमन्त्री शहरी विकास, रमेश लेखक गृह,  आरजु राणा परराष्ट्र, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाई, प्रदीप पौडेल स्वास्थ तथा जनसंख्या, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजय चौरसिया कानून, न्याय तथा संसदीय मामिला, तेजुलाल चौधरी युवा तथा खेलकुद, रामनाथ अधिकारी कृषि पशुपंक्षी विकास र ऐनबहादुर शाही ठकुरी वन तथा वातावरणको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी (लोसपा) शरत सिंह भण्डारी श्रम तथा रोजगार, जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव खानेपानी तथा सरसफाई, नवलकिशोर यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनु भएको छ ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक आयोगका पदाधिकारी, सांसद, कुटनीतिक नियोगका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति रहेको थियो ।  













0 प्रतिकृया