पेट्राेल, डिजेल र मट्टीतेलकाे मुल्य बढ्याे
काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हाे ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ । डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।
0 प्रतिकृया