Follow us:


Follow us

१० जेठ २०८२, शुक्रवार
१० जेठ २०८२, शुक्रवार


फरवार्ड माइक्राेफाइनान्सकाे मुनाफा बढ्याे (विवरण सहित)

एक्सन खबर
साउन, २७, २०८१




फरवार्ड माइक्राेफाइनान्सकाे मुनाफा बढ्याे (विवरण सहित)

काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा  वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ३२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डले  चाैथाे त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा ३०८.७१ प्रतिशतले खुद नाफा कमाएकाे जनाएकाे छ । 

फरवार्डले अघिल्लो आवसम्म ७ करोड ८६ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेकोमा याे वर्ष वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेकाे छ । संस्थाको खुद ब्याज आम्दानी ८ प्रतिशतले बढेको छ । 

संस्थाले अघिल्लो आ.व.ससम्ममा १ अर्ब १२ करोड रुपैयाँबराबरको रहेको खुद ब्याज आम्दानी बढाएर १ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि १० करोड ५७ लाख रुपैयाँबाट वृद्धि भएर १९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी भने १६ लाख ५२ हजारबाट घटेर १० लाख ३१ हजार रुपैयाँमा झरेको छ ।  

संस्थाले रिटेन्ड अर्निङको आकार ४८.७२ प्रतिशतले घटेर २६ करोड ६५ लाख रुपैयाँमा सीमित हुँदा रिजर्भको आकार भने १ अर्ब १५ करोड रुपैयाँबाट बढाएर १ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।  चौथो त्रैमाससम्ममा ८ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १९ अर्ब ८९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको जनाएकाे छ । 

संस्थाको वितरणयोग्य मुनाफा ५१ करोड ९७ लाख रुपैयाँबाट घटेर २६ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ । लाभांश क्षमता ४९.२४ प्रतिशतबाट घटेर २५.२५ प्रतिशतमा सीमित बनेको छ ।  संस्थाको खराब कर्जा अनुपात ४.२६ प्रतिशतबाट बढेर ६.८१ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ७.४५ रुपैयाँबाट बढेर ३०.४५ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २८८.९६ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ७२.०७ रुपैयाँ र तरलता अनुपात ६.९८ प्रतिशत कायम भएको जनाएकाे छ । 

हेर्नुहाेस् संस्थाकाे वित्तीय विवरण















0 प्रतिकृया