केएमसीमा तीजको शुभकामना आदानप्रदान
एक्सन खबर
काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको केएमसीले हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा महिला कर्मचारी, चिकित्सक, नर्स लगायत ५०० जनाको सहभागीता रहेको थियो ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालका अनुसार तीजको अवसरमा महिला दिदिबहिनीहरुलाई लक्षित गर्दै शुभकामना आदान प्रदान गरिएको हो । सो अवसरमा बोल्दै दाहालले महिला दिदिबहिनीहरुको महान पर्व तीजले आपसी मित्रता, पारिवारिक शिष्टता र मर्यादालाई उजागर गरेको तथा नेपाल परम्परा, धर्म संस्कृतिलाई जगेर्ना गरेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दाहालसँगै अस्पताल निर्देशक डा. मीना थापा, एचआर चिफ सन्ध्या कार्की, अप्रेसन डाइरेक्टर नेत्रबन्धु बाँनिया लगायतले तीजको शुुभकामना दिँदै हर्षोल्लासका साथ मनाउन अनुरोध गरे । सधैं बिरामीको सेवामा समर्पित महिला चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई चाडपर्वमा न्याश्रो नहोस् भनेर कलेजले तीजको शुभकामना कार्यक्रम गरेको हो ।
कार्यक्रममा कलेजमा कार्यरत महिला दिदिबहिनीहरुले रातो पहिरनमा सजिएर नाचगान गर्दै शुभकामना आदान प्रदान गरेका थिए । केएमसीले हरेक वर्ष हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान गर्दै आइरहेको छ ।
0 प्रतिकृया