Follow us:


Follow us

२१ फागुन २०८२, बिहिवार
२१ फागुन २०८२, बिहिवार


आज हरितालिका तीज, शिव-पार्वतीकाे विशेष पुजाआराधना

एक्सन खबर
भदौ, २१, २०८१


आज हरितालिका तीज, शिव-पार्वतीकाे विशेष पुजाआराधना

काठमाडौं । हरितालिका तीज पर्व आज धुमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजमा व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । 

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा अनुसार आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । तीजमा विवाहित महिलाले श्रीमान तथा परिवारकाे लामाे आयू, सुख, शान्ति र समृद्धिकाे कामना गर्ने गर्दछन् । भने, अविवाहित नारीहरूले पनि सूस्वास्थ्य, दिर्घायू र मनाेकांक्षा पुरा हाेस् भनी व्रत बस्ने गर्दछन् । 

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न शिवालयहरुमा व्रतालु महिलाहरूकाे घुइँचो लागेको छ । शिवालयमा भगवान शिवजीकाे दर्शन गरेपछि एकापसमा शुभकामना दिँदै व्रतालुहरू निराहार बसी तीजका गीतहरू गाउँदै रमाइलाे गर्ने गर्दछन् । 

हिजाे बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।














0 प्रतिकृया