Follow us:


Follow us

१० जेठ २०८२, शुक्रवार
१० जेठ २०८२, शुक्रवार


बडादसैंकाे टीकाकाे उत्तम साइत कतिबेला ? (विवरण सहित)

एक्सन खबर
असोज, ५, २०८१




बडादसैंकाे टीकाकाे उत्तम साइत कतिबेला ? (विवरण सहित)

काठमाडाैं । २०८१ सालको बडादसैँ सम्बन्धित साइतहरूबारे निर्णय सार्वजनिक गरिएको छ । नेपाल पञ्चांग निर्णायक समितिले  यस वर्षको बडादसैँकाे टीकाको उत्तम साइत असोज २६ गते शनिबार बिहान ११ः३६ मा रहेको जनाएको छ । 

समितिले यस वर्षको बडादसैँअन्तर्गत टीकाको उत्तम साइत असोज २६ गते शनिबार बिहान ११ः३६ मा रहेको जनाएको हाे । याेसँगै समितिले टीका लगाइमाग्ने पूर्व फर्किने गरी बसाइँको व्यवस्थापन गर्नुपर्ने विधि तय गरेको छ ।

समितिले बिहान ११:३६ मा उत्तम साइत रहेपनि देवीको प्रसाद लगाउन साइतको आवश्यकता भने नपर्ने जनाएकाे छ । विजया दशमीका दिन बिहान ८ः३३ बजे देवी विसर्जनको साइत रहेको छ । यसपाली महाअष्टमी र महानवमी एकै दिन असाेज २५ गते परेकाे छ ।

समितिका अनुसार तुलजाभवानी यात्रा बिहान ११ः५७ बजे र स्थिरासन दिउँसो १२ः५६ बजेको साइत छ । खड्गयात्रा पनि विजया दशमीकै दिन हुनेछ । असोज १७ गते बिहीबारबाट नवरात्रारम्भ हुनेछ। त्यस दिन घटस्थापनाका लागि बिहान ९ः१६ बजेको साइत छ । तस्विरः फेसवुक

बडादसैँसँग सम्बन्धित साइतहरू:

१) वि.सं. २०८१ साल असोज १७ गते, बिहीबार – नवरात्रारम्भ, घटस्थापना (बिहान ९ः१६ बजे)

२) असोज १८ गते शुक्रबार – झण्डा फेर्ने (पश्चिम मोहडा) (बिहान ९ः१४ बजे)

३) असोज २२ गते मङ्गलबार – श्री पचलीभैरव यात्रा

असोज २४ गते, बिहीबार – फूलपाती

क) श्री तुलजाभवानी यात्रा (बिहान ७ः११ बजे),

ख) स्थिरासन (बिहान ८ः४३ बजे)

५) असोज २५ गते, शुक्रबार –महाष्टमी, महानवमी

६) असोज २६ गते, शनिबार – विजया दशमी, देवी विसर्जन (बिहान ८ः३३ बजे),

क) टीका (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) (बिहान ११ः३६ बजे)

ख) श्री तुलजाभवानी यात्रा (बिहान ११ः५७ बजे)

ग) स्थिरासन (दिउँसो १२ः५६ बजे)

घ) खड्गयात्रा

७) असोज ३० गते बुधबार – अखिलबलिपूर्ति

८) असोज ३० गते बुधबार – कोजाग्रत व्रत














0 प्रतिकृया