Follow us:


Follow us

३ असोज २०८३, शनिवार
३ असोज २०८३, शनिवार


वडादशैंको पाँचौ दिन: स्कन्दमाताकाे पूजा–आराधना

एक्सन खबर
असोज, २१, २०८१


वडादशैंको पाँचौ दिन: स्कन्दमाताकाे पूजा–आराधना

काठमाडौं । आज बडादशैंको पाँचौ दिन देवी स्कन्दमाताको पूजा–आराधना गरिँदैछ ।  आजपनि देशभरका शक्तिपिठहरूमा दर्शनार्थीकाे भीड लागेकाे छ । काठमाडाैं उपत्याकाकाे शक्तिपिठहरू गुह्हेश्वरी, शाेभा भगबती, दक्षिणकाली, साँखु बज्रयाेगिनी, भद्रकाली, मैतिदेवी, बंगलामुखी, भाटभटेनीमा दर्शनार्थीकाे भीड छ । 

उपत्यका बाहिर गाेर्खाकाे मनाेकामना, धरानकाे दन्तकाली, ताप्लेजुङकाे पाथिभरा, सप्तरीकाे कंकालिनी, धनकुटाकाे छिन्ताङ देवी, बाराकाे गढिमाइ, नुवाकाेटकाे जालपादेवी, काभ्रेकाे पलाञ्चाेक देवी, दाेलखाकाे कालिन्चाेक देवी, म्याग्दीकाे गलेश्वरी,  बाग्लुङकाे कालिका भगवती,  अर्घाखाँचीको सुपा देउराली, हेटौंडाको भुटनदेवी, डाेल्पाकाे त्रिपुरासुन्दरी, बाजुराकाे मडिमालिका मन्दिरमा दर्शनार्थीकाे खास भिड लाग्ने गरेकाे छ । 

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

कार्तिकेय ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ ।













0 प्रतिकृया