Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


पेट्रोलियम पदार्थको मूल्य वृद्धि

एक्सन खबर
असोज, २९, २०८१




पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाे छ । भारतबाट प्रेटाेलियम पदार्थकाे मुल्य बढेर आएकाेले  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हाे । 

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । 

निगमका अनुसार काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ । भारतबाटै मूल्य बढेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  














0 प्रतिकृया