Follow us:


Follow us

२६ चैत २०८२, बिहिवार
२६ चैत २०८२, बिहिवार


स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

एक्सन खबर
कार्तिक, २, २०८१


स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

काठमाडाैं । अबदेखि स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने समझदारी कायम भएकाे छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ । समझदारी अनुसार कार्तिक १५ गतेबाट आमनागरिकको स्वास्थ्य सेवामा क्रियाशील महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले आफ्नो कार्यक्षेत्र भित्र तोकिएको कामको सिलसिलामा आवतजावत गर्न निःशुल्क यातायात सुविधा पाउने छन् । 

केही समयअघि विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको बताएका थिए । साेही अनुरूप मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेकोले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सुविधा उपलब्ध गराइने बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले महिला स्वास्थ्य स्वयंसेविकाहरु हकमा महत्वपूर्ण निर्णय भएको बताइन् । 

यस सम्झौताबाट ५२ हजार महिला स्वास्थ्यस्वयंसेविका लाभान्वित हुने देखिएकाे छ । महिला स्वास्थ्य स्वयंसेविकाहरु न्यून सेवा सुविधामा काम गरिरहेका छन् । मन्त्री पाैडेलले स्वास्थ्यस्वयंसेविकाहरूकाे हकमा थप क्षमता विकासका लागि आवश्यक तालिम तथा सीप मूलक कार्यक्रमको प्याकेज समेत चाँडै सार्वजनिक गरी सञ्चालन गर्ने बताएका छन् । 














0 प्रतिकृया