Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


सुनसरी क्षेत्र नं. ३ मा एक सय सुरक्षित आवास निर्माण सुरू

एक्सन खबर
कार्तिक, १६, २०८१




सुनसरी क्षेत्र नं. ३ मा एक सय सुरक्षित आवास निर्माण सुरू

सुनसरी । दशकौं देखि सुनसरी क्षेत्र नं. ३ को विकासमा अहोरात्र खटिनु भएकी नेकपा एमालेकी नेतृ, पूर्वमन्त्री प्रतिनिधि सभा सदस्य भगबती चौधरीको सपना थियो भूमिहिन नागरिकलाई आफ्नै घर बनाई दिने । यसका लागि नेतृ चाैधरीले धेरै अगाडी देखि प्रयासहरू गरिरहनु भएकाे थियाे । विगतमा व्यक्तिगत पहल र श्राेत साधनमा एकल महिलाहरूका लागि सुरक्षित घर बनाएर सहयाेग गर्नु भएपनि सयाैंकाे संख्यामा रहेका भुमिहिन, विपन्न नागरिकका लागि भने याे पटक ठूलै कार्य भएकाे छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा तत्कालिन अवस्थामै मन्त्री चौधरीले भुमिहिन र विपन्न नागरिका लागि राज्यसँग र विभिन्न दातृ निकायहरुसँग समन्वय र सहकार्यका प्रस्तावहरु अगाडी बढाईरहनु भएको थियो । सोही क्रममा चूचि बृद्धिष्ट फाउण्डेशनले सुनसरीका गरिब, विपन्न र सुकुम्बासी नागरिकलाई सुरक्षित आवास बनाइदिने प्रस्ताब ल्यायो । प्रस्तावलाई तत्कालै उहाँले अगाडी बढाइदिनु भयो । मन्त्रालय, समाज कल्याण परिषद्का पदाधिकारी र कर्मचारीले पनि विशुद्ध सामाजिक कामका लागि प्रस्तावलाई कुनै रोकटोक नगरीकन सम्पूर्ण प्रक्रिया पुरा गरिदिनु भयो । 

मानव सेवाका लागि विश्वका १३४ वटा भन्दा बढी देशहरुमा निःस्वार्थ काम गर्दै आइरहेको चूचि फाउण्डेशनले ल्याएको प्रस्ताव अनुरुप आज सांसद चौधरी, फाउण्डेशनका पदाधिकारीहरु समेतले संयुक्त रुपमा इनरुवा नगरपालिका वडा नं. ७, चाँदवेलामा सुरक्षित आवास निर्माणको शिलान्यास समेत भएको छ । यो प्रोजेक्ट अन्तरगत सुनसरीको गढी गाउँपालिका, इटहरी उपमहानगरपालिका भित्रका भूमिहिनलाई एक सय घर निर्माण गरिनेछ । साथै, आगामी दिनमा पनि आवश्यक्ता र श्रोत साधनले भ्याएसम्म यस्ता कार्यक्रम सञ्चालन गरिने सांसद चौधरीले बताउनु भएको छ । भने, फाउण्डेशनले पनि आउँदा दिनहरुमा पनि नेपाल र नेपालीको हित र मानव कल्याणमा काम गर्ने बताइरहेको छ । 

यो प्रोजेक्ट अगाडी बढाउन सांसद चौधरीले विशेष पहल र समन्वय गर्नुभएको छ । स्थानीय तह, संघ सरकारसँग समन्वय गर्ने, दातृ संस्थासँग नियमित सम्पर्क समन्वय गर्ने, नीतिगत र कानुनी विषयहरुमा सहजीकरण गर्ने सवालमा उहाँले तदारुकता देखाएकै कारणले घर शिलान्यास भएको हो । ‘यस आवास परियाेजनाले यस क्षेत्रका गरिब, विपन्न र भूमिहिन नागरिककाे जीवनस्तर उकास्न याेगदान पुर्याउने विस्वास लिएकाे छु । आगामी दिनहरूमा यस क्षेत्रमा सामुदायिक भवन, स्कुल लगायतका संरचनाहरू निर्माण गर्नपनि सहयाेग हुने अपेक्षा गरेकाे छु ।’ चाैधरीले भन्नुभयाे । 

साथै, उहाँले सुनसरीका विभिन्न स्थानमा एक हजार सुरक्षित आवास निर्माण गर्ने आफ्नाे लक्ष्य रहेकाे बताउँदै आउँदा दिनहरूमा लागि पर्ने बताउनु भयाे । उहाँले यस्ता परियाेजनाले अब्यवस्थित रूपमा रहेका बस्तीहरूलाई ब्यवस्थित गर्ने र भुमिहिनहरूकाे समस्यालाई समेत समाधान गर्ने विस्वास गर्नुभयाे । 

परियाेजना कार्यान्वयनकाे जिम्मेवारी पाएकाे फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रव्यराज चाैधरीले इनरुवा नगरपालिका वडा नं. ७ चाँदबेलामा ३० घर, बर्जू गाउँपालिकामा ३० घर तथा गढी गाउँपालिकामा ४० घर निर्माण गरिने जानकारी दिनुभयाे । 

आवास शिलान्यास कार्यक्रममा चूचि फाउण्डेशनकी उपाध्यक्ष लिन पाइ यू, काेशी प्रदेश सभा सदस्य राेहित कुमार कार्की, ग्रामिण महिला उत्सुकता विकास मञ्चकी अध्यक्ष राजकुमारी चाैधरी, मञ्चका कार्यकारी निर्देशक द्रव्यराज चाैधरी,  इनरूवा नगरपालिकाका मेयर केदार भण्डारी, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चाैधरी लगायत साे क्षेत्रका सयाैं नागरिककाे उपस्थिति रहेकाे थियाे ।

अबको एक वर्ष भित्र सो क्षेत्रमा एक सय सुरक्षित आवास निर्माण हुनेछन् । निर्माण हुने घरमा २ वटा कोटा, एउटा भान्सा कोठा, खानेपानीको ट्युवेल र शौचालय समेत रहनेछ । 

















0 प्रतिकृया