स्वस्थ जीवन जिउन डा. दिलजान मन्सुरका टिप्स
एक्सन खबर
मान्छे बिरामी भएर अकालमा मर्ने धेरै कारण छन् ।
कम्मरको वरिपरी रहेको बोसो सबै भन्दा घातक मध्येको एक हो । कि हामीले त्यो बोसो समाप्त गर्न सक्नुपर्छ । कित त्यही बोसोले हामीलाई सताउँछ । तसर्थ उक्त बोसोलाई परास्त गर्न निम्न उपायहरु अपनाउन सकिन्छ ।
• प्रशोधित खानेकुरा नखाने । वास्तविक खानेकुरा खाने । उच्च पोषण र प्रोटिन भएको खानालाई आफ्नो भोजनको आधार बनाउने । १०० वर्ष पहिले हाम्रा पिता पुर्खाहरुले खाने गरेका खानेकुरा खाने । यसको मतलव १०० बर्ष पुराना खानेकुरा खोज्दै हिँड्ने भन्न खोजेको होइन । एउटा बिचारको रुपमा बहस छेडेको । भन्न खोजेको के भने जीवन्त (जीवन भएको) खानेकुराहरु खाने । किनकी आधुनिक खाद्य उद्योगले हाम्रो स्वास्थ्यको चिन्ता गर्दैनन् । मात्र आफ्नो ब्यापार हेर्छन् । हाम्रो जीवन उनीहरुको भरमा छोड्नु भएको स्वस्थ नभै रोगी हुनु हो । मुटु हाम्रो इन्जिन भएको हुँदा हामी आफैले यसको ख्याल गर्नुपर्छ ।
• दैनिक कम्तिमा १० हजार पाइला हिँड्ने । शुरु शुरुमा यो धेरै जस्तो लाग्न सक्छ । थोरैबाट शुरु गर्ने अनि बढाउँदै लैजाने । हिँड्न मन पर्दैन भने बास्केटबल, टेनिस, फुटबल जस्ता खेलहरू खेल्न सकिन्छ । साइकल चलाउन, पौडीन सकिन्छ । जति धेरै ब्यायाम उती राम्रो स्वास्थ्य । खाना खाएपछी कम्तीमा ३० मिनेट हिँड्ने ।
• आवश्यकता अनुसार (दैनिक कम्तीमा २ लिटर) पानी पिउने । शरीरको लागी हाइड्रेसन अति नै महत्वपूर्ण छ । यसले हाम्रो मेटाबोलिजम मजबुत गराउँछ । दिमागलाई पनि राम्रो गर्छ । खाना खानु अघि पानी पिएमा भोकको महशुष कम गराउँछ । पानी चैं पिउने तर अल्कोहल नपिउने ।
• राती ७।८ घण्टा मजाले निदाउने । स्वास्थ्यकाे लागी यो अत्यन्तै महत्वपूर्ण छ । तसर्थ यसलाई दिनचर्या बनाउने । सुत्ने र उठ्ने समयलाई एकनासको बनाउने । यस प्रकारको कार्य शरीर, दिमाग र केही मात्रामा तौल घटाउने अनि मांसपेशी बढ्ने कृयासँग सम्बन्धित छ । जसले गर्दा जीवनमा सकारात्मक परिवर्तन आउँछ ।
• हप्तामा कम्तिमा २ देखि ३ दिन वेट ट्रेन गर्ने । भारत्तोलन गर्ने वा आफ्नै शरीरको वजनसँग ट्रेन (क्यालिस्थेनिक्स) गर्ने । मांसपेशी बृद्धी गर्नाले कुशल ‘फ्याट बर्निंङ’ मेसिन बनाउँछ । यसको बारेमा सोच्ने अनी गर्ने ।
• शरीरको तौलको प्रति किलोग्राम १.५ देखी २ ग्राम प्रोटिन खाने । जसले गर्दा शरीरमा मांसपेशीको बृद्धी हुन्छ । सजिलै सँग शरीरको बोसो घटाउन सकिन्छ । खानामा प्रोटिनको मात्रा बढाउने । यसले कम भोक महसुस हुन्छ ।
• ब्रतलाई बिकल्पको रुपमा लिन सकिन्छ । ब्रतलाई उचित अभ्यासमा लगेमा यो शक्तिशाली हतियार हो उपबास १२ घण्टा अवधीको शुरु गर्ने र १४ हुँदै १६ अनि १८ घण्टासम्म बढाउन सकिन्छ । यसले शरीर र दिमागलाई राम्रो बनाउँछ । यसमा कुनै शंका छैन । ब्रतलाई थप सहज बनाउन बीच बीचमा सादा कालो कफी पिउन सकिन्छ ।
• मजाले घाम ताप्ने । शरीरमा घामको महत्व र फाइदाहरूको सूची ठूलो छ । दिनमा कम्तिमा २०-३० मिनेट घामको किरणमा आफूलाई खुला गर्ने अभ्यास अति उत्तम हुन्छ । बिहानको केही मिनेट घामले राम्रो गर्नेछ ।
• एउटा यस्तो अवस्थाको सृजना गर्ने की जतिबेला मानसिक रुपमा चरम सुखः होस् । म यसमा बढी नै जोड दिन्छु । हरेक दिन कुनै कुरालाई प्रतिबिम्बित गर्नका लागी स्पष्ट दिमागमा समय बिताउन सकियो भने जीवनका लक्ष्यहरुको लागी संघर्ष गर्न सहज हुनेछ । त्यसको लागी ध्यान गर्न सकिन्छ । हिँड्न सकिन्छ । श्वासप्रश्वास विधिहरू प्रयोग गर्न सकिन्छ । जुन कार्य गर्न आफुलाई सहज हुन्छ ।
• प्रकृतिमा समय बिताउने, पदयात्रामा जाने, खेलकुद गर्ने जस्ता कार्य गर्न सकिन्छ । यो अर्को नजर अन्दाजको बिषय हो जसको कुनै महत्व छैन जस्तो देखिन्छ । तर, यसमा धेरै कुरा लुकेको हुन्छ । यसले तपाईंलाई ठूलो स्पष्टता दिनेछ ।
प्रकृतिले दिएका निःशुल्क औषधीहरु छन् जुन स्वस्थ जीवनका लागी रामबाण साबित हुन्छन् । तर, हामीले ती निःशुल्क औषधीहरुको उपभोग गर्न जान्नु पर्दछ । निन्द्रा, घाम, ब्यायाम, ध्यान, हाँसो, दया, माया, करुणा, सकारात्मक सोच जस्ता कुराहरु प्रकृतिले दिएका निःशुल्क र अपरम्पार औषधी हुन् ।
डा. मन्सुरकाे फेसवुकबाट
0 प्रतिकृया