Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


आज डिसेम्बर २५, येशु ख्रीष्टकाे जन्मदिन

एक्सन खबर
पौष, १०, २०८१




आज डिसेम्बर २५, येशु ख्रीष्टकाे जन्मदिन

काठमाडाैं । आज डिसेम्बर २५ इशायी समुदायले धुमधामका साथ क्रिसमस डे मनाइरहेका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा विश्वभर इशायी धर्मावलम्बीले क्रिसमस डे मनाउँदैछन् । 

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट येशु ख्रीष्टकाे जन्म भएकाे थियाे । 

आजको दिनलाई मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ पछि महोत्सवका रूपमा मनाउने थालेको हो । नेपाल धर्मनिरपेक्ष राष्ट्र घाेषणा भएपछि क्रिष्टियन धर्मले ब्यापकता पाएकाे हाे ।

दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल क्रिष्टियन महासङ्घको दाबी छ । नेपालमा १५ हजारभन्दा बढी चर्च बनिसकेको दावी छ । 

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो काठमाडाैंकाे नेपाल प्रज्ञा–प्रतिष्ठानमा क्रिसमस महोत्सव २०८१ आयोजना हुँदैछ । कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने महासंघका अध्यक्ष सिवी गहतराजले जानकारी दिए । 

पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।













0 प्रतिकृया