सांसद चौधरीलाई नेपाल–इजरायल मैत्री समुहको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीलाई नेपाल–इजरायल संसदीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्य चौधरीलाई संसदीय मैत्री समूहको कार्यविधि २०८० बमोजम नेपाल–इजरायल संसदीय मैत्री समितिको संयोजकको जिम्मेवारी दिइएको हो ।
समुहको सदस्यहरुमा नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ र गोपाल कुमार बस्नेत, नेकपा एमालेका प्रेम बहादुर महर्जन र इश्वरी घर्ती तथा नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही रहेका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गर्नुभएको छ । बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरूसँगको छलफलका क्रममा उहाँले संसदीय मैत्री समूहका संयोजकहरूसँग यस्तो आग्रह गर्नुभएको हो ।
नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाई संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने सभामुखले जानकारी दिनु भएको छ ।
सभामुखका अनुसार नेपाल–संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल–साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा. चन्दा कार्की र नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको छ ।
त्यस्तै नेपाल–संयुक्त राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल–बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल–जापान संसदीय मैत्री समूहको संयोजकमा डा. नारायण खड्का, नेपाल–चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ रहनु भएको छ ।
सभामुख घिमिरेले नेपाल–जर्मनी ससदीय मैत्री समूहमा कृष्णगोपाल श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको संयोजकमा डा. चन्दा कार्की, नेपाल–भूटान संसदीय समूहमा सुशीला सिर्पाली ठकुरी, नेपाल–इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी गरेर ४१ समूहका संयोजकहरु तोकिएको जानकारी दिनुभयो ।
0 प्रतिकृया