सांसद सुनिल शर्माद्वारा उदयपुरका क्यान्सर पिडितलाई निःशुल्क उपचारकाे व्यवस्था
काठमाडाैं । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उदयपुर जिल्लाका क्यान्सर पिडित जनतालाई निःशुल्क उपचार गरिदिने व्यवस्था गरिएकाे छ । नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डाक्टर सुनिल कुमार शर्माले जिल्लाका क्यान्सर पिडित नागरिककाे निःशुल्क उपचार गरिदिने व्यवस्था गरिदिनु भएकाे हाे ।
कांग्रेस कोशी प्रदेश कार्यसमिति संयोजक नवराज अधिकारीले डा.शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गरेकाेमा डा. शर्माले माघ १४ गतेदेखि फागुन महिनासम्म नाेवेलमा क्यान्सर पीडितहरूको लागि निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे हाे । नाेवेलमा दक्षिण एसियाकै अत्याधुनिक क्यान्सर उपचार सेवा भित्राइएकाे छ ।
यसअन्तर्गत क्यान्सरको प्रकृति हेरी जति पटक सेक्न परेको खण्डमा रेडिएसनले सेक्ने र सो क्रममा दैनिक गर्नुपर्ने सिटि स्क्यान निःशुल्क गरिने व्यवस्था गरिएकाे छ । यो सुविधा लिनको लागि उदयपुर जिल्लाका बासिन्दाले क्यान्सर रोग पहिचान पछि विपन्न नागरिक औषधी कोष अनुसारको सिफारिस लिएर आउनुपर्ने हुन्छ ।
सांसद डा. शर्माले उदयपुर जिल्लाका क्यान्सर पिडितहरुको उपचारमा सबै वर्ग, क्षेत्र र समुदायलाई सहज बनाइने बताउनु भएकाे छ । सांसद शर्माले क्यान्सर जस्ताे सघन उपचारमा यो पार्टीको उ पार्टीको, जातपात, समुदायको भनेर भनेर नछुट्याइने बताउनु भएकाे छ ।
आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आउनु भएका डा.शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारका लागि नोवेलमा रेडिएसन थेरापी सेवा सुरु गराउनु भएकाे छ । डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत पनि गर्नु भएकाे छ ।
नाेवेलकाे क्यान्सर थेरापी उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले विना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउने बताइएकाे छ ।
नोबेलमा क्यान्सर उपचारकोलागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।
0 प्रतिकृया