Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


‘तीनकुने घटनाकाे सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ’ डा. सुनिल कुमार शर्मा

एक्सन खबर
चैत, २१, २०८१


‘तीनकुने घटनाकाे सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ’ डा. सुनिल कुमार शर्मा

काठमाडाैं । प्रतिनिधि सभाका सांसद डाक्टर सुनिलकुमार शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भएकाे छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्याँस र हवाई फायर भएपछि आन्दोलनकारीहरू बिथोलिएको जिकिर गर्नु भयाे ।

नेपाली कांग्रेसका प्रभावशाली सांसद डा. शर्माले मञ्चमा कार्यक्रम गर्न नदिई आन्दोलन बिथोल्ने काम सरकारबाट भएको बताउँदै लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरूले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने जनाउनु भयाे । उहाँले पार्टीहरू मिलेर जनतामाथि दमन गरेकोले तीनकुने घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्नुभयाे ।


कार्यक्रम सुरू नहुँदै स्टेजमै टियर ग्याँस प्रहार गरेर सरकारले फायर खोलेको भन्दै उहाँले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताउनु भयो । ‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिईकन, मान्छेलाई बोल्नै नदिईकन, सरकारले अश्रु ग्याँस हानेको छ । ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ्क फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरू तपाईँले कलेक्सन गरेर हेर्नुस् ।’ सांसद शर्माले भन्नुभयाे । 

उहाँले  लोकतन्त्रवादी भनिरहँदा लोकतन्त्र भनेकाे गार्डेन, नर्सरी, जहाँ फरक-फरक खालका विचारहरू स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्ने जिकीर गर्नु भयाे । ‘चाहे त्यो राजावादी होस्, चाहे माओवादी, काँग्रेस वा अर्को पार्टी । कुनै पनि विचार हातमा हतियार नलिइकिन राखिने विचारलाई स्वागत गर्नुपर्छ ।’ डा. शर्माले भन्नुभयाे । 

सांसद शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई सरकारले शक्तिको दुरुपयोग गरेर हतकडी लगाएर थुनेको पनि बताउनु भयाे । भने, सरकारले यसबारेमा राप्रपा वा पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नुपर्ने उल्लेख गर्नुभयाे ।













0 प्रतिकृया