Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


भक्तपुरको सुडालमा सांसद शर्माको स्वास्थ्य शिविरः ४७६ जना लाभान्वित

एक्सन खबर
चैत, २६, २०८१


भक्तपुरको सुडालमा सांसद शर्माको स्वास्थ्य शिविरः ४७६ जना लाभान्वित

काठमाडौंं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको स्वास्थ्य शिविरबाट ४७६ जना लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी) को स्वास्थ्य टोली सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट भक्तपुरको सुडालका स्थानीय लाभान्वित भएका हुन् । 

सुडालको महेन्द्र विद्याश्रम मा.वि.को आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ७६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४ जनाको भिडियो रेक्सरे, ६८ जनाको ल्याब परीक्षण र ५६ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।  

शिविरमा २२ जनाको दाँत निकालिएको र २८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर समेत गरिएको छ । रेफर गरिएकाहरुको शल्यक्रिया तथा उपचारमा केएमसीले विभिन्न छुट समेत प्रदान गर्नेछ । 

मोरङ निर्वाचन क्षेत्र नं. ३ का सांसद डा. शर्माले जनताको घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले लामो समयदेखि स्वास्थ्य शिविर चलाउँदै आइरहनु भएको छ । उहाँको शिविरबाट खासगरी गरिव, विपन्न, असहाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् ।

डा. शर्माले केएमसीसँगै विराटनगरको नोबेल शिक्षण अस्पताल मार्फत गाउँदेखि शहरसम्म निःशुल्क स्वास्थ्य शिविर चलाइरहनु भएको छ । 













0 प्रतिकृया