Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


स्वयम्भूमा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, १, २०८२




स्वयम्भूमा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट काठमाडौंको स्वयम्भूमा ४६८ जना सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा सञ्चालित शिविरबाट स्वयम्भू स्थित स्वयम्भू भुईखेल चौरमा आयोजित शिविरमा सो क्षेत्रका स्थानीय लाभान्वित भएका हुन् । 

शिविरमा ७२ जनाको भिडियो एक्सरे, ६४ जनाको इसिजी, ६८ जनाको ल्याब परीक्षण तथा २२ जनाको दाँत खोलिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरबाट थप उपचारका लागि २८ जनालाई केएमसी रेफर समेत गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई केएमसीले उपचार शुल्कमा सहुलियत दिनेछ । 

शिविरमा बाल रोग, स्त्री रोग, नाक कान घाँटी, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी तथा विभिन्न ल्याब परीक्षणका सेवाहरु दिइएको थियो । 

मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा स्रतिनिधित्व गर्नुहुने नेपाली कांग्रेसका सांसद डा. शर्माले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिबृद्धि गर्ने र असहाय, विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहनु भएको छ । डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट गाउँ सहरदेखि दूरदराजमा रहेका गरिब, विपन्न, असहाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन् । 














0 प्रतिकृया