Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


सांसद सुनिल शर्माद्वारा सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास

एक्सन खबर
जेठ, १९, २०८२




सांसद सुनिल शर्माद्वारा सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास

माेरङ । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं-२ र उर्लाबारी नगरपालिको वडा नं-३ को सीमामा पर्ने सुनझोडा खोलामा मोटरेवल पुलको शिलान्यास गर्नु भएको छ ।

शनिबार बिहान एक औपचारिक कार्यक्रममा पूर्वमन्त्री तथा मोरङ्ग निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद डीगबहादुर लिम्बु र निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद् सुनिल शर्मा, प्रदेश संसद  गीता तिम्सिना, मान बहादुर लिम्बु, शोभा चेम्जोङले उक्त खोलामा दुई लेनको पक्की पूल निर्माणको शिलान्यास गर्नुभएको हो ।

उक्त खोलामा आजै बिहान परेको अविरल वर्षाका कारण आएको बाढीमा जोखिम संघीय सांसद लिम्बु प्रदेश सांसद, लगायतका जनप्रतिनिधिहरूले जोखिम मोल्दै खोला तरेर शिलान्यास गर्नुभएको थियो । आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विराटनगरको कार्की बन्धु कन्स्ट्रक्सन प्रा.लि.ले पाँच करोड ७० लाखमा उक्त ३० मिटर लम्बाईको पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

शर्माको पहलमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट उक्त पुल निर्माणका लागि बजेट विनियोजन भएको थियो । उक्त अवसरमा मोरङ क्षेत्र नम्बर १ र ३ का प्रदेश सांसदहरू क्रमश : मानबहादुर लिम्बु, विद्या चाम्लिङ राई, शोभा पालुङ्गवा लिम्बु, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, पथरिशनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना राई, उर्लाबारी -३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यसैगरी, मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद शर्माले पूर्व पश्चिम एसियन हाइवे पथरी शनिश्चरे वडा नं १० को जिरीखिम्ती सडक खण्डको विवादित क्षेत्रमा अवलोकन तथा भ्रमण गर्नुभएको थियो । डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ । उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनु भएकाे छ । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।

उहाँकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उहाँले जनाउनु भएकाे छ ।
















0 प्रतिकृया