Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


पत्रकार पाठकमाथि पक्राउ पुर्जी प्रेस स्वतन्त्रता माथिको हमलाः सांसद सुनिल शर्मा

एक्सन खबर
जेठ, २८, २०८२


पत्रकार पाठकमाथि पक्राउ पुर्जी प्रेस स्वतन्त्रता माथिको हमलाः सांसद सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सह्य नहुने बताउनु भएकाे छ । पत्रकार दिलभुषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीप्रति तीव्र आपत्ति जनाउँदैसांसद शर्माले संविधान र कानुनले पत्रकार र पत्रकारिताको रक्षा गर्ने प्रष्ट प्रावधान हुँदाहुँदै राज्य संयन्त्रबाट दमनको प्रयास गर्नु गम्भीर विसंगति भएको बताउनु भएकाे हाे ।

सांसद शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पत्रकारितामाथि लागेको यो प्रहारलाई केवल एक व्यक्तिको मुद्दा नभई अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गर्नु भएकाे छ । “सत्ता सँग प्रश्न गर्ने र सत्य जनतासामु ल्याउने पत्रकारिता कुनै हालतमा अपराध होइन । कानुनले असन्तुष्टिलाई प्रेस काउन्सिलमार्फत समाधान गर्ने स्पष्ट बाटो दिएको छ, तर त्यो प्रक्रियालाई बाइपास गरेर पत्रकारमाथि पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रता माथिको गम्भीर हमला हो ।” डा. शर्माले भन्नु भएकाे छ । 

सांसद शर्माले पत्रकार दिलभुषण पाठकमाथिको पुर्जी तुरुन्त फिर्ता लिन आग्रह गर्नु भएकाे छ । उहाँका अनुसार यस्तो कार्यले गलत नजिर कायम गर्नेछ र लोकतन्त्रमा प्रेस स्वतन्त्रताको जग कमजोर बनाउनेछ। “आज दिलभुषण पाठक, भोलि अरु को–कोको पालो आउँछ भन्ने डर सर्वत्र फैलिएको छ,” शर्माले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।

पत्रकार पाठकमाथि सूचना प्रविधि सम्बन्धी ऐनको दफा प्रयोग गरी अदालतबाट पक्राउ आदेश जारी गरिएको थियो । पाठकले उपूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाले हिल्टन होटल किनेको भन्नेबारे भिडि‌ओ सामग्री प्रसारण गर्नु भएकाे थियाे । उहाँको युट्युब च्यानलमा सो सामग्री प्रसारण भएको थियो ।

यस घटनाले पत्रकारिता क्षेत्र, नागरिक समाज, राजनीतिक दलहरू र मानव अधिकारवादीहरूको ध्यान तानेको छ । पत्रकार महासंघले पनि यस घटनालाई प्रेस स्वतन्त्रताविरुद्धको हमला भन्दै तत्काल पुर्जी फिर्ताको माग गरेको छ । कांग्रेस नेता डाक्टर शेखर काेइरालाले समेत प्रेस स्वतन्त्रताकाे हनन भएकाे ठहर गर्नु भएकाे छ ।  













0 प्रतिकृया