‘बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भयो’ सांसद सुनिल शर्मा
एक्सन खबर
काठमाडाैं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउनु भएकाे छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गर्नु भएकाे हाे ।
‘तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, उत्तरदायित्व नामको लङ्गोटी कसैको नजरमा परेन’, शर्माले लेख्नु भएकाे छ, ‘हामी त अझै त्यो डोरीमै समात्न बाध्य छौँ, यसैमा विकास खोज्ने कि आलोचना गर्ने ?’
सांसद शर्माले बजेटले समन्यायिक वितरण, समान पहुँच र जबाफदेहिता सुनिश्चित गर्न नसकेको जनाउँदै मुलुक बनाउने नाममा गरिएको खर्चले जनतालाई पारि पुर्याओस् भन्ने आशा व्यक्त गर्नु भएकाे छ ।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ । उहाँले जनतालाइ घरदैलाे मै स्वास्थ्य सेवा पुर्याउने अभियान अनुसार सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनु भएकाे छ । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।
सांसद शर्माकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उहाँले जनाउनु भएकाे छ ।
0 प्रतिकृया