Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


४५ वर्षपछि नेकपा एमाले त्यागेर नेपाली कांग्रेसमा प्रवेश

एक्सन खबर
साउन, १८, २०८२




४५ वर्षपछि नेकपा एमाले त्यागेर नेपाली कांग्रेसमा प्रवेश

माेरङ । नेकपा एमालेको लामो समयसम्मको सक्रिय राजनीतिलाई बिदा दिँदै सुन्दरहरैंचाकी अग्रज महिला नेता तुलसा मेयान्ङ्वाे नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । एमाले निकट अखिल नेपाल महिला संघ सुन्दरहरैंचाकी सचिवसमेत रहेकी मेयान्ङ्वाेले शनिबार एक कार्यक्रमबीच नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।

कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माले मेयान्ङ्वाेलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा डा. शर्माले तुलसा मेयान्ङ्वाेको आगमनले कांग्रेस संगठनलाई स्थानीयस्तरमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे । ‘तुलसा दिदीले लामो समय पार्टीमा दिएको योगदान प्रशंसनीय छ । अहिले उहाँले लोकतान्त्रिक धारको पक्षमा उभिने निर्णय लिनुहुँदा हामीलाई ऊर्जा मिलेको छ,’ सांसद शर्माले भने ।

मेयान्ङ्वाे नेकपा एमालेको सक्रिय सदस्यका रूपमा राजनीतिक जीवनमा होमिएकी थिइन् । पार्टीको विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएको उनको लामो राजनीतिक यात्राले स्थानीय तहमा उनीप्रति प्रभावशाली छवि बनाएको थियो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै तुलसा मेयान्ङ्वाेले आफू लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको र त्यसैले नेपाली कांग्रेस रोजेको बताइन् । ‘अब बाँकी जीवन लोकतन्त्र, समावेशीता र सामाजिक न्यायका लागि कांग्रेसमार्फत समर्पित हुनेछ,’ उनले भनिन् ।

कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरू, महिला नेतृहरू तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।













0 प्रतिकृया