Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


इन्जिनियरिङ पढ्न नेपाल इन्जिनियरिङ कलेज प्रति विद्यार्थीहरुकाे आकर्षण

एक्सन खबर
भदौ, १, २०८२


इन्जिनियरिङ पढ्न नेपाल इन्जिनियरिङ कलेज प्रति विद्यार्थीहरुकाे आकर्षण

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) प्रति विद्यार्थीहरु अत्याधिक आकर्षित भएको पाइएको छ । विगत ३१ वर्षदेखि नेपालको इन्जिनियरिङ शिक्षाको उन्नयनका साथै दक्ष जनशक्ति उत्पादनमा टेवा दिँदै आइरहेको नेकप्रति विद्यार्थीको रुचि देखिएको हो ।
कलेजले स्नातक तहमा आगामी शैक्षिक सत्रका लागि शनिबार प्रवेश परीक्षा लिएकोमा विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका सयौं विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार प्रवेश परीक्षामा ४५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । ‘नेपालमै इन्जिनियरिङ गर्छु भन्ने विद्यार्थीहरुको संख्या राम्रो रहेछ । यो पटकको प्रवेश परीक्षामा उल्लेख्य मात्रामा विद्यार्थीहरु आउनु भयो । ४५० भन्दा बढी विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी हुनुभयो ।’ मिडिया रिलेसन अफिसर झा भन्नुहुन्छ ।
यस पटकको प्रवेश परीक्षामा काठमाडौंमा रहेका विद्यार्थी मात्र हैन, मोफसलबाट समेत विद्यार्थीहरु सहभागी भएका थिए । धादिङदेखि छोरीलाई प्रवेश परीक्षामा सहभागी गराउन ल्याएका अभिभावक लक्ष्मण अधिकारीले कलेजको शैक्षिक वातावरण निक्कै राम्रो पाएको बताए । ‘पोखरा विश्वविद्यालय भन्दापनि पुरानो कलेज रहेछ, रिसर्च ओरियन्ट प्रयोगात्मक शिक्षण विधि रहेछ । इन्जिनियरिङ अध्ययन गर्नका लागि रिसर्च भनेको ठूलो कुरा हो । त्यसमाथि यो सामाजिक शैक्षिक संस्था पनि भएकोले शुल्कहरु पनि सर्वसुलभ नै लाग्यो ।’ सरकारी सेवा निवृत्त अधिकारीले भने ।
काठमाडौं, सितापाइलाका अनन्त डाँगीले पनि कलेजले प्रदान गर्ने इन्जिनियरिङ शिक्षा समयसापेक्ष र जीवनोपयोगी देखेर नै आफुले छोरालाई प्रवेश परीक्षा दिन लगाएको बताए । ‘अन्यत्र पनि इन्जिनियरिङको पढाई नहुने हैन तर, यहाँको पढाउने शैली, विद्यार्थीले पाउने सुविधा अन्यत्रको भन्दा फरक रहेछ । हामीले जुन शिक्षा हासिल गर्छौ त्यसले भोलीको भविष्य सुरक्षित हुनुपर्छ भन्ने मान्यताले म यहाँ आएको हुँ ।’ अभिभावक डाँगीले भने । कक्षा १२ पास गर्ने वित्तिकै विदेशिने लहडले लाखौं युवाहरुको भविष्य विग्रँदै गएकोमा उनी चिन्तित सुनिए,‘देशको अवस्था देखेर त छोराले पनि विदेसिन खोज्दैथ्यो, तर, मेरो मनले मानेन । युवाजति विदेसिए यो देश बनाउने कसले ? समस्याबाट भागेर हैन, समस्यासँग जुधेरमात्र सफलता प्राप्त हुन्छ, आफ्नै घरको खाएर पढ्नु जति सजिलो विदेशमा हुन्न भनेर छोरालाई सम्झाएर यहाँ ल्याए ।’ उनले भने ।
प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरुले शहरी भिडभाड र कोलाहलबाट टाढा शान्त तथा हरियालीयुक्त वातावरण रहेकोले आफुहरु आकर्षित भएको बताए । कलेजले पूर्णकालिन फ्याकल्टीहरुको व्यवस्थापन गरेकाले अध्ययनलाई थप सहजता हुने उनीहरुको धारणा छ । आफ्नै पूर्वाधार, विषयगत प्रयोगशाला, पुस्तकालय, राष्ट्रिय अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय, प्रादेशिक लगायतका आकर्षक छात्रबृत्ति, एकेडेमिया र इण्डष्ट्रीलाई जोड्ने शिक्षण पद्दति कलेजका थप विशेषता छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिल बाट स्थायी मान्यता प्राप्त कलेजले गरिब, जेहेन्दार, दूरदराजमा रहेका विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शुल्कहरु निर्धारण गरेको छ । त्यसो त, यो कलेज मुनाफा वितरण नगर्ने सामाजिक शैक्षिक संस्था हो । संस्था दर्ता ऐन २०३४ अन्तरगत जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको यस कलेज पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समिति मार्फत सञ्चालित छ । 





















0 प्रतिकृया