Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


केएमसीका महिला चिकित्सक, नर्स तथा कर्मचारीलाई दर (फाेटाे फिचर)

एक्सन खबर
भदौ, ६, २०८२




केएमसीका महिला चिकित्सक, नर्स तथा कर्मचारीलाई दर (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले तीज पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै कार्यरत महिला चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई दर खुवाएको छ । शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रम सांस्कृतिक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई शुभकामना आदान–प्रदानका साथ उत्सवको रुपमा मनाइएको थियो । केएमसीले हरेक वर्ष तीजका अवसरमा दर खुवाउने परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि भव्य रूपमा दर कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी महिला कर्मचारीहरूले तीजका विशेष परिकारहरूको स्वाद लिँदै आपसमा शुभकामना साटासाट गरे । उनीहरूले यस अवसरले आपसी आत्मीयता र सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

कलेजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै तीज पर्वको सांस्कृतिक र सामाजिक महत्त्वबारे चर्चा गर्नुभयाे । उनले यस्ता कार्यक्रमहरूले कार्यस्थलमा उत्सवमय वातावरण सिर्जना गर्नुका साथै महिला कर्मचारीप्रति सम्मान र प्रेरणा जगाउने बताउनु भयाे ।

कार्यक्रममा विभिन्न परिकारका दर, फलफूल तथा परम्परागत मिठाइहरूको व्यवस्थापन गरिएको थियो । सहभागी सबैलाई दर वितरण गरी सामूहिक भोजन गराइएको थियो । महिला चिकित्सक, नर्स र अन्य कर्मचारीहरूले कलेजप्रतिको कृतज्ञता प्रकट गर्दै यस्ता कार्यक्रमले आफ्नो व्यावसायिक जीवनमा छुट्टै उत्साह थप्ने प्रतिक्रिया दिएका छन् ।



















0 प्रतिकृया