Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


सानिमा रिलायन्स जाेरपाटीमा तिज मिलन कार्यक्रम

एक्सन खबर
भदौ, ८, २०८२


सानिमा रिलायन्स जाेरपाटीमा तिज मिलन कार्यक्रम

काठमाडाैं । हिन्दुधर्मावलम्बी नेपाली महिलाहरूकाे महान चाड हरितालिका तिजकाे अवसरमा सानिमा रिलायन्स लाइफ इन्सुरेन्स जोरपाटी शाखाले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सानिमा रिलायन्स जाेरपाटी शाखाले तिज मिलन कार्यक्रम गरी महिला दिदिबहिनीहरूसँग शुभकामना साटासाट गरेकाे हाे । 

कार्यक्रममा सानिमा रिलायन्सका चिफ विजनेस अफिसर गुणराज श्रेष्ठ प्रमुख अतिथि तथा क्षेत्रिय प्रबन्धक नरेश तथाको उपस्थितिमा ४० जना सिनियर एजेन्सिको बिच सम्पन भएकाे इन्सुरेन्स जाेरपाटी शाखाका प्रबन्धक लक्ष्मण पराजुलीले जानकारी दिनुभयाे । 

कार्यक्रममा तिजको महत्व, महिमा तथा महिला ससक्तिकरण र आत्मनिर्भरताका बारेमा बाेल्दै चिफविजनेश अफिसर गुणराज श्रेष्ठले महिला दिदिबहिनीहरूकाे सवलीकरण र आर्थिक सशक्तिकरणमा इन्सुरेन्सले सदैव सहकार्य गर्ने बताउनु भयाे ।  कार्यक्रममा महिला वरिष्ठ एजेन्सि मेनेजर कोपिला बुढाथाेकीले तिजकाे शुभकामना सँगै आफ्ना अनुभव समेत राख्नु भएकाे थियाे । कार्यक्रम सञ्चालन जोरपाटी शाखा प्रबन्धक लक्ष्मण पराजुलीले गर्नु भएको थियो ।
















0 प्रतिकृया