Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सक सहित स्टाफ नर्स माग

एक्सन खबर
असोज, २२, २०८२


नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सक सहित स्टाफ नर्स माग

काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न विषयका चिकित्सक तथा स्टाफ नर्स माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चर तथा स्टाफ नर्स माग गरेको हो । 

कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्तिहरु माग गरिएको हो । सूचना अनुुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ । 

दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुले इमेल मार्फत आफ्नो ब्यक्तिगत विवरणहरु पठाएपछि अन्तरवार्ताका लागि बोलाइने कलेज प्रशासनले जनाएको छ । स्टाफ नर्सको हकमा नेपाल नर्सिङ परिषदमा दर्ता भएका बी.एस्सी. नर्सिङ र पी.सी.एल. नर्सिङ अनुभव भएका (विशेष गरी मिडवाइफरी र आईसीयू तालिम प्राप्त) उम्मेदवारलाई प्राथमिकता दिइने बताइएको छ । 

थप जानकारीका लागि हेर्नुहाेस् सूचना 














0 प्रतिकृया