Follow us:


Follow us

२६ चैत २०८२, बिहिवार
२६ चैत २०८२, बिहिवार


नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

एक्सन खबर
माघ, २४, २०८२


नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ । मानवसेवा आश्रमद्वारा उद्दार गरिएका आश्रितहरू तथा आश्रमका कर्मचारीहरूलाई उपचारमा विशेष सहुलियत प्रदान गर्ने गरी द्विपक्षीय सम्झाैता गरिएकाे हाे । 

सम्झौता अनुसार मानवसेवा आश्रमद्वारा उद्धार गरिएका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरू साथै आश्रमका कर्मचारी तथा आश्रितहरूलाई नेशनल मेडिकल कलेजले आवश्यक स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा अन्य चिकित्सकीय परामर्शहरू विशेष सहुलियतसहित प्रदान गर्नेछ ।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी र मानवसेवा आश्रमका तर्फबाट संरक्षक देवेश प्रसादले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक शाहनवाज अन्सारी,  मधेश विश्वविद्यालयका उप–डिन तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति थियो ।

यस सहकार्यले समाजका असहाय, सेवावञ्चित तथा कमजोर वर्गका नागरिकले सुलभ, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा मात्र होइन—‘सेवा भन्दा पनि पर’ भन्ने भावनाका साथ समुदायमै केन्द्रित स्वास्थ्य सेवा विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।













0 प्रतिकृया