Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


एभरेस्ट इन्जिनियरिङ कलेजद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै

एक्सन खबर
बैशाख, ४, २०८३


एभरेस्ट इन्जिनियरिङ कलेजद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै

काठमाडौं। एभरेस्ट इन्जिनियरिङ कलेज, सानेपा–ललितपुरले “सिभिल इन्जिनियरिङ नवप्रवर्तन तथा दिगो विकास (CEISD-2026)” विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन आगामी २०८३ वैशाख १३ गते (२६ अप्रिल २०२६) मा आयोजना गरिने कलेजले जनाएको छ ।

सिभिल इन्जिनियरिङ विभागको आयोजनामा हुने उक्त सम्मेलनले अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर, नीति–निर्माता, उद्योगी तथा विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याई नवीन सोच, अनुसन्धान निष्कर्ष र उत्कृष्ट अभ्यास आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएकाे छ ।

सम्मेलनमा प्रस्तुत गरिने उत्कृष्ट शोधपत्रहरूलाई इस्ट जर्नलमा DOI नम्बर सहित प्रकाशन गरिनेछ भने ती शोधपत्रहरू नेपाल जर्नल्स्स अननलाइनमा समेत समावेश गरिने जनाइएको छ । सम्मेलनमा नेपाल सँगै भारत, अस्ट्रेलिया, जर्मन, युएइका सहभागीहरूले ४० भन्दा बढी पेपर प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा जलवायु अनुकूल पूर्वाधार, स्मार्ट यातायात प्रणाली, भूकम्प प्रतिरोधी संरचना, दिगो पानी तथा सरसफाइ, डिजिटल प्रविधि, शहरी योजना, नवीकरणीय ऊर्जा तथा वातावरण संरक्षणजस्ता समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक र उद्योगसँगको सहकार्यमार्फत गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ ।













0 प्रतिकृया