प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस
एक्सन खबर
काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठताको क्रम मिच्दै चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा ६ वर्ष पूर्ण कार्यकाल रहने सम्भावना रहेको छ । पर्सामा जन्मिएका उनी २०९२ सालमा ६५ वर्ष पुग्नेछन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा भारतको पुने विश्वविद्यालयबाट स्नातकोत्तर गरेका शर्माले श्रम कानून विषयमा विद्यावारिधि गरेका छन् ।
0 प्रतिकृया