नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज विच शैक्षिक समझदारी
एक्सन खबर
काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौं विच आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुसँग सहकार्य गर्न समझदारी (एमओयू) भएको छ ।
मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग जोड्ने हेतूले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान स्थापित गर्न सफल क्याम्ब्रिजसँग एमओयू गरेको हो । समझदारी अनुसार अब कलेजका विद्यार्थीहरुले क्याम्ब्रिजमा गएर इन्र्टन गर्न पाउनेछन् ।
यस सहकार्यअन्तर्गत क्याम्ब्रिजले विद्यार्थीहरूलाई तीन महिनाको इन्टर्नशिप कार्यक्रम प्रदान गर्दै डिजिटल मार्केटिङ, सूचना प्रविधि (𝗜𝗧), वेबसाइट व्यवस्थापन, डिजिटल मिडिया सञ्चालन, व्यावसायिक सञ्चार तथा कम्युनिकेशन स्किल विकाससम्बन्धी व्यवहारिक प्रशिक्षण उपलब्ध गराउनेछ ।
बिहीबार कलेजको कम्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख अंशु घिमिरे तथा क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले एमओयू पत्रमा हस्ताक्षर गर्दै दुई संस्था विचको सहकार्यले विद्यार्थीहरुको अध्ययन र सिकाईलाई व्यवहारिक बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ । “हामीले विद्यार्थीहरुलाई अर्बोड स्टडीका लागि परामर्श गर्दै गर्दा पनि स्वदेशको शिक्षाका बारेमा जानकारी दिने गरेका छौं । जो विद्यार्थी सकेसम्म स्वदेशमै अध्ययन गर्न चाहनुहुन्छ उहाँलाई हामी प्रोत्साहन गर्छौं ।” क्याम्ब्रिजका प्रबन्ध निर्देशक सिंखडाले भने । नेपालको इन्जिनियरिङ शिक्षाको विकास, विस्तार र दक्ष जनशक्तिमा नेपाल इन्जिनियरिङ कलेजले ठूलो योगदान पुर्याएको चर्चा गर्दै सरकारले स्वदेशी शिक्षण संस्थाहरुको उन्नयन र विकासमा ठोस योजनाहरु ल्याउनु पर्ने जिकीर गर्नुभयो ।
यता कलेजकी कम्प्युटर इन्जिनियरिङ विभागकी प्रमुख अंशु घिमिरेले कम्प्युटर इन्जिनियरिङ सँगै इन्जिसनयरिङ विधाका विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट शैक्षिक संस्था रहेको जिकीर गर्नुभयो । साथै, उहाँले विद्यार्थीको ज्ञान र शिक्षाको दायरालाई फराकिलो बनाउन कलेज सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।
विद्यार्थीको सिकाईलाई अझ प्रभावकारी बनाउन र विद्यार्थी जीवनबाटै उद्योग र व्यवसायीक क्षेत्रको अनुभव हासिल गराउन कलेजले विभिन्न व्यवसायिक संस्था र उद्योगहरुविच सहकार्य गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा स्नातक तथा स्नातकोत्तर तहसम्मको पढाई हुने गरेको छ ।
0 प्रतिकृया