Follow us:


Follow us

१४ असार २०८३, आइतवार
१४ असार २०८३, आइतवार


पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

एक्सन खबर
असार, १४, २०८३


पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट अंक ल्याउने १६० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आइतबार कलेजले इन्जिनियरिङका विभिन्न विधा तथा आर्किटेक्चरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि सदस्य प्रा.डा. सावित्री त्रिपाठी लगायतले विद्यार्थीहरुलाई प्रमाणपत्र, ट्रफी सहित सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरुले हासिल गरेको सफलता प्रति कलेज गौरवान्तिक भएको बताउनु भयो । “तपाईहरुले गर्नुभएको मेहनत र प्राप्त गर्नुभएको सफलता प्रति कलेज गौरवान्तिक छ । तपाईहरुको सिकाईलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन हामी प्रतिबद्ध छौं ।” प्राचार्य भण्डारीले भन्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा सर्वोत्कृष्ट हुने आर्किटेक्चरका ६५ जना, सिभिल तथा सिभिल एण्ड रूलर इन्जिनियरिङका ३३ जना, कम्प्युटर इन्जिनियरिङका २२ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इन्फरमेशन एण्ड कम्युनिकेशनका २० जना र विडिएच कार्यक्रमका २१ जनालाई सम्मान गरिएको छ । कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा स्थापित यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोत्तर तह सम्मको अध्ययन अध्यापन हुने गर्दछ ।

प्रयोगात्मक शिक्षण विधि, पूर्णकालिन शिक्षक शिक्षिका, सहरी कोलाहल भन्दा टाढा शान्त तथा हरियाली क्षेत्रमा रहेको यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले समेत स्थायी मान्यता दिएको हुनाले इन्जिनियरिङ शिक्षा हासिल गर्न विद्यार्थीहरुको घुईचो लाग्दछ । साथै, प्रत्येक वर्ष कलेजले जेहेन्दार, अनुशासित विद्यार्थीहरुलाई १५ करोड भन्दा बढीको छात्रवृत्ति समेत प्रदान गर्ने गरेकोले विद्यार्थीहरुको आकषर्ण छ । शैक्षिक सत्र २०२६ का लागि कलेजले यही असार २५ गते प्रवेश परीक्षा सञ्चालन गर्दैछ ।

यस कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन र विडिएच कार्यक्रममा पठनपाठन हुन्छ ।





















0 प्रतिकृया