Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


कर्मालय ९ मा प्याड भेन्डिङ मेसिन प्रथम

एक्सन खबर


कर्मालय ९ मा प्याड भेन्डिङ मेसिन प्रथम

काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज अन्तर्गत प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकास केन्द्र (कार्ड) को खोज अनुसन्धान प्रतियोगिता सम्पन्न भएको छ ।

कर्मालय ९ शिर्षककाे प्रतियाेगितामा अनिल तिरुवा, आशिष यादव, सरोज चौधरी, सिद्धार्थ यादव र चन्द्र प्रकाश रावलको टोलीद्वारा तयार पारिएको प्याड भेन्डिङ मेसिनले प्रथम स्थान प्राप्त गरी तक्मा, प्रमाणपत्र तथा नगद प्राप्त गरेका छन् ।

यस्तै कृपा थापा, अमरेश शाह र रोहिणी राउतको टोलीकाे आईओटी प्रयोग गरेर कृषिमा भिजुअल निगरानी प्रणालीले दाेश्राे स्थान प्राप्त गर्याे ।  इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान र प्रोत्साहन गर्न प्रत्येक वर्ष गरिँदै आएको प्रतियागितामा प्रथम र द्वितिय दुवै टाेलीलाई कार्यक्रमको आयोजना गरी तक्मा, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ । 

प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकास केन्द्र (कार्ड) ले हरेक वर्ष विविध इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्दै प्रतियोगिताको आयोजना गर्दै आएको छ । मङ्सिर ९ गते सुरु भएको यो प्रतियोगिता एक महिनाको हुने गर्दछ ।  

विद्यार्थीहरूको कार्यमा सहयोग गरेका शिक्षकहरू रुपेश दही श्रेष्ठ, अनिल यादव, दीपेश प्रसाद गुरागाईं, रमेश प्रसाद पुडासैनी, विजय श्रेष्ठ, दिनेश डंगोल, अविनाश खत्री, नरेश प्रसाद दास र विश्वदीप मैनालीले विद्यार्थीहरुले सामाजिक समस्या समाधान गर्न आफूले अध्ययन गरेको विषयवस्तु प्रयोग गर्न सक्षम भएकोमा खुसी व्यक्त गरे ।  

प्रतियोगितामा सात टोलीले सहभागिता जनाएका थिए । प्राध्यापक सावित्री त्रिपाठी, उप प्राध्यापकद्वय दिपेशप्रसाद गुरागाईं, नरेशप्रसाद दास, ईन्जिनियरद्वय सपोज घिमिरे, दर्पण पुडासैनीको निर्णायक मण्डलले टोलीको प्रस्तुति, विषयगत ज्ञान, कार्यशैलीलगायत विषयको मूल्याङ्कन गरी विजेता र उप विजेता घोषणा गरेको थियाे ।  

सोही अवसर पारेर गरिएको (फोटोग्राफी कम्पिटिशन) मा उप प्राध्यापक श्यामसुन्दर कवां र ईन्जिनियर अशोक पाठक दुवैले मूल्याङ्कन गरेर कृपा थापाले पठाएको फोटोलाई उत्कृष्ट घोषणा गरिएकाे थियाे ।

नेपाल इन्जिनियरिङ कलेज अन्तर्गत प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकाश केन्द्र (कार्ड) ले हरेक वर्ष विविध इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्दै प्रतियोगिताको आयोजना गर्दै आएको छ । कर्मालय नाम दिइएको यो प्रतियोगिताको यो समयमा भिडियो बनाउन, प्रस्ताव लेख्न, प्रतिवेदन लेख्न प्रस्तुत गर्ने शैलीलगायतको विषयमा तालिम दिइन्छ ।

समापन कार्यक्रममा कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठ, सहप्राचार्य दुर्गाप्रसाद भण्डारी, विद्यार्थी कल्याण शाखाका प्रमुख सचिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य प्रा. डा. श्रेष्ठले विद्यार्थीहरुले अतिरिक्त समय सदुपयोग गरी शिप अभिवृद्धि गर्ने खालको कार्यक्रम आयोजना गर्दै आएको आफूलाई मन परेको र आउँदा दिनमा कलेजले सदाझैँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।













0 प्रतिकृया