Follow us:


Follow us

२१ असार २०८३, आइतवार
२१ असार २०८३, आइतवार


दोलखाको चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविरबाट १८ सय बिरामी लाभान्वित

एक्सन खबर


दोलखाको चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविरबाट १८ सय बिरामी लाभान्वित

दोलखा । दोलखाको चरिकोटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १८ सय भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकको सहकार्यमा दुई दिने शिविर संचालन गरिएको हो ।

चरिकोट स्वास्थ्य चौकी र वडा कार्यालयमा विहिबार र शुक्रबार संचालन भएको शिविरमा एक हजार ८ सय ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ४२५ जनाको रक्त परीक्षण, ३३८ जनाको भिडियो एक्सरे र २८९ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ९९ जनाको दाँत खोलिएको छ ।

शिविरको पहिलो दिन एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा उपचार सम्भव नभएका ९३ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।














0 प्रतिकृया