Follow us:


Follow us

२१ असार २०८३, आइतवार
२१ असार २०८३, आइतवार


नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षामा विद्यार्थीको घुँइचो

एक्सन खबर


नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षामा विद्यार्थीको घुँइचो

काठमाडौं । इन्जिनियरिङ शिक्षामा देशकै अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) को नयाँ शैक्षिक सत्रमा विद्यार्थीको आकर्षण गत वर्षको भन्दा बढेको छ । कलेजले नयाँ शैक्षिक सत्रकालागि आज लिएको प्रवेश परीक्षामा गत वर्षको भन्दाबढी विद्यार्थी सहभागी भएका छन् ।  

इन्जिनियरिङ विधाका विविध विषयमा आज लिइएको प्रवेश परीक्षामा गत वर्षभन्दा २० प्रतिशत बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठका अनुसार यो वर्षको प्रवेश परीक्षामा ६ सयबढी विद्यार्थीहरु सहभागी भएका छन् ।

‘कलेजको स्नातक तहको प्रवेश परीक्षामा गत वर्षको भन्दा २० प्रतिशत विद्यार्थी सहभागी भएका छन् । नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक गुणस्तर प्रति विद्यार्थी र अभिभावकको आकर्षण देखियो ।’ प्रिन्सिपल डा. श्रेष्ठले भने । आज शनिबार लिइएको प्रवेश परीक्षामा देशका विभिन्न भू–भागबाट विद्यार्थीहरु आएका थिए ।

पोखरा विश्वविद्यालय पछी नेकले प्रवेश परीक्षा लिएको थियो । विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरु पनि नेकको प्रवेश परीक्षामा सहभागी भएका थिए । ‘यसपल्ट कलेजको भन्दा पहिला विश्वविद्यालयको प्रवेश परीक्षामा भयो । विश्वविद्यालयको प्रवेश परीक्षा सकाएर आएकी हुँ ।’ काभ्रे बनेपाकी प्रज्ञा सापकोटाले भनिन् । कलेजको शैक्षिक क्यालेण्डर कहिल्लै नविग्रिएको, फ्याकल्टीहरु फुलटाइम रहेको तथा अधिकतम प्रयोगात्मक शिक्षणविधि रहेको तथा कलेजले समेत विभिन्न विषयमा छात्रबृत्तिहरु दिएको पाइएकोले आफु नेकमा भर्ना हुन चाहेको उनको भनाई छ । ‘फ्याकल्टीहरु फुलटाइम हुनुहुँदो रहेछ । छात्रबृत्ति अन्य कलेजको भन्दा धेरै, शान्त ठाउँ, शुल्कपनि अरु कलेजको दाँजोमा सस्तो लाग्यो ।’ सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा सहभागी भएकी उनले भनिन् ।


कलेजमा पोखरा विश्वविद्यालयको छात्रबृत्तिसँगै कलेज आफैंले विभिन्न शिर्षकमा छात्रबृत्तिहरु दिएकाले विद्यार्थीहरु बढेका हुन् । त्यसका अलावा कलेजको शैक्षिक गुणस्तर पनि अन्य कलेजहरुको दाँजोमा अब्बल छ । कलेजको २७ वर्षे इतिहासमा कुनैपनि सेमेष्टर तलमाथी भएको छैन । राजनीतिक, शैक्षिक कारणले कतिपय कलेज तथा विश्वविद्यालयको सेमेष्टर प्रभावित हुने गरेको छ । यसले विद्यार्थीको पढाई लम्बिन सक्छ । तर, नेकको कुनैपनि सेमेष्टर अहिलेसम्म प्रभावित भएको छैन । ‘हाम्रो कुनैपनि सेमेष्टर सरेको वा रोकिएको छैन । हामी कहाँ फुलटाइमर फ्याकल्टी भएकाले विद्यार्थीले जुनसुकै बेला प्रत्यक्ष, अप्रत्यक्ष सम्पर्क गर्न सक्छन् । कतिपय कलेजहरुमा त फ्याकल्टीहरुले आफ्ना विद्यार्थी नै चिन्दैनन् ।’ प्रिन्सिपल डा. श्रेष्ठ भन्छन् ।

त्यसो त ५ वर्ष अगाडीसम्म नेकमा भर्ना हुन विद्यार्थीहरुको ताँती नै लाग्ने गर्दथ्यो । देशभरबाट ४–५ हजार विद्यार्थी इन्ट्रान्स दिन आउने गर्दथे । पछिल्लो समय धमाधम इन्जिनियरिङ कलेजहरु खुल्दा विद्यार्थीहरु बाँडिएपनि नेकमा चैं सिटसंख्या भन्दाबढी नै विद्यार्थीहरु आएका छन् । ‘पहिला सिमित इन्जिनियरिङ कलेजहरु भएकाले धेरै विद्यार्थीहरु आउँथे, अहिले ५३ वटा त इन्जिनियरिङ कलेजहरु नै भइसके ।’ इन्जिनियरिङ कलेजहरु बढी भएपनि नेकको सबै  विषयमा विद्यार्थीहरु प्रर्याप्त हुने डा. श्रेष्ठको तर्क छ ।

कलेजले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने देखि स्थानीय, प्रदेश तहसम्मलाई छात्रबृत्ति प्रदान गर्ने गरेको छ । कलेजको सञ्चालक समितिले दिने छात्रबृत्ति, शिक्षक, कर्मचारीका परिवारलाई दिने छात्रबृत्ति तथा सेमेष्टरगत रुपमा पनि छात्रबृत्ति छुट्याएको छ । विश्वविद्यालय र कलेज मार्फत हरेक वर्ष करिब एक सयको हाराहारीमा छात्रबृत्तिहरु दिइन्छ ।



सन् १९९४ मा स्थापना भएको कलेजको स्नातक तहमा सिभिल इन्जिनियरिङतर्फ १४४, सिभिल एण्ड रुरलतर्फ ४८, आर्टिटेक्टमा ४८ सिट छ । यसैगरी, कम्प्युटर इन्जिनियरिङमा ९६, इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ सिट तथा सिभिल फर डिप्लोमा होल्डर्स इन्जिनियरिङतर्फ ४८ सिट रहेको कलेजका प्रवेश परीक्षा छनौट समितिका संयोजक एशोसिएट प्रोफेसर दिनेश डंगोलले बताए ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज यस कलेज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा दर्ता रहेकोले अन्य कलेजहरुको दाँजोमा सर्वसुलभ शुल्क रहेको छ । नेपाल सरकारबाट नेक चाँगुनारायण नगरपालिकाका प्रमुखको संयोजकत्वमा गठित बोर्डमार्फत सञ्चालित कलेज हो ।  













0 प्रतिकृया