Follow us:


Follow us

६ कार्तिक २०८३, बिहिवार
६ कार्तिक २०८३, बिहिवार


माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

एक्सन खबर
पाैष २५, २०७८


माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

काठमाडौं । कोभिड-१९ व्यवस्थापन समिति(सिसिएमसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

कोभिड १९ व्यवस्थापन समितिको आइतबारको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सिसिएमसीको निर्णय छ ।

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ । यससँगै खोप लगाएको कार्ड भएकाले मात्र यस्तो स्थानमा प्रवेश पाउने छन् ।

सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको हाे ।















0 प्रतिकृया