Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

एक्सन खबर
पाैष २५, २०७८


माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

काठमाडौं । कोभिड-१९ व्यवस्थापन समिति(सिसिएमसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

कोभिड १९ व्यवस्थापन समितिको आइतबारको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सिसिएमसीको निर्णय छ ।

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ । यससँगै खोप लगाएको कार्ड भएकाले मात्र यस्तो स्थानमा प्रवेश पाउने छन् ।

सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको हाे ।















0 प्रतिकृया