Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


प्रेस चौतारी सुनसरीमा पहिलो पटक महिला नेतृत्व

एक्सन खबर
पाैष २६, २०७८


प्रेस चौतारी सुनसरीमा पहिलो पटक महिला नेतृत्व

सुनसरी । प्रेस चौतरी सुनसरीको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् । प्रेस चाैतारी सुनसरीकाे इतिहासमा प्याकुरेल पहिलाे महिला अध्यक्ष भएकी हुन् ।

उपाध्यक्षमा विकास चाम्लिङ र विमला घिमिरे चयन भएका छन् । सचिवमा दिनेश गजमेर चयन हुँदा उपसचिवमा वसन्त वान्तवा र केदार बस्नेत चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन् । २५ सदस्यीय समितिमा छ सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन्।

पत्रकारितामा लामो  समय काम गरेकी प्याकुरेल यसअघि पत्रकार महासंघ सुनसरीको उपाध्यक्ष भएर काम गरिसकेकी हुन् । जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन् । सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन।













0 प्रतिकृया