Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


कोही सपथ खुवाउँदै, कोही हलबाट बाहिरिए

विशाल बस्नेत
पाैष २६, २०७८


कोही सपथ खुवाउँदै, कोही हलबाट बाहिरिए

महोत्तरी । नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्याउन आज बसेको बैठकमा एउटा समूहले सपथग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ । जिल्लामा एमालेका चार जना केन्द्रिय सदस्य मध्य बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरि सपथ ग्रहण गराएका छन् ।

तर केन्द्रिय सदस्य सरोज यादव र टेक बहादुर बलाम्पाकी भने आयोजक कमिटीको नाम सूचिमा आफूखुसी हेरफेर गरेको भन्दै हलबाट बाहिरिएका छन् । `पार्टीको विधि र बिधानअनुसार सबैजना प्रक्रियामा चल्नुपर्छ अन्यथा त्यो वैधानिक हुँदैन' केन्द्रिय सदस्य सरोज यादवले भने ।

यता रामदयाल मण्डल समूहले भने आयोजक कमिटी पार्टीको विधि र वैधानिक प्रक्रियालाई आत्मासाथ गरि निर्वाचित गरिएको दाबी गरेको छ । बहुमतबाट नै बैठकमा पेश गरिएको नामावली पारित भएको भन्दै केन्द्रिय सदस्य बुधिनी देवीले सपथ खाएको २ सय जना नै जिल्ला अधिवेशनको लागि आयोजक कमिटी बनेको जानकारी दिइन् ।

सह-इन्चार्ज समेत रहेका सरोज यादवले हलमा सदस्यता नै नभएका व्यक्तिहरु ल्याएर हो-हल्ला गर्न लगाएको उनले आरोप लगाइन् । पार्टीभित्र रगत पसिना बगाएका संगठित सदस्यलाई मात्र स्थान दिनुपर्ने जिकिर गर्दै केन्द्रिय सदस्य बुधिनी देवीले भनिन् `सह-इन्चार्जले चाहँदैमा केही हुँदैन हामीले गहन  छलफलपछि नै नाम पारित गरेका हौं ।'

केन्द्रीय सदस्य टेक बहादुर बलाम्पाकीले पनि पोलिटब्युरो सदस्य रामदयाल मण्डल र बुधिनी देवीले छलफल बिना आयोजक कमिटी बनाएको आरोप लगाए । आयोजक कमिटीमा समावेश गरेका नामहरुप्रति असन्तुष्टि जनाउदै बलाम्पाकी पनि सरोज यादवसँगै हलबाट बाहिरिएका थिए ।

समझदारी र छलफलबाट नै आयोजक कमिटी टुङ्याउनु पर्ने केन्द्रीय सदस्यद्वय यादव र बलाम्पाकीको अडान छ । तर, रामदयाल मण्डलले भने सपथग्रहण गराएकै समूह अधिवेशन आयोजक कमिटी भएको बताएका छन् ।

सह-इन्चार्ज र अध्यक्षको स्विकृतिबिना केहीपनि नहुने बताउँदै असन्तुष्ट यादवले केन्द्रबाट पनि स्थगित गर्न निर्देशन आएको दाबी गरेका छन् । यादव अहिले जिल्लाका सह-इन्चार्ज हुन् भने बलाम्पाकी अध्यक्ष हुन् ।

नेकपा एमाले महोत्तरीमा देखिएको मतबिभाजनले ५ माघ र ६ लाई निर्धारण गरिएको अधिवेशन नै बिथोलिन सक्नेतर्फ कतिपय नेताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । आयोजक कमिटी बनाउन असमझदारी र गुट-उपगुटका कारण यति धेरै भाडभैलो भइरहँदा प्रतिनिधि चयनदेखि जिल्ला अधिवेशन गर्नमा समेत नेकपा एमाले महोत्तरीमा ठूलै सकस पर्ने देखिएको छ ।













0 प्रतिकृया