Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


लिपुलेकमाथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न गुरुङकाे माग

एक्सन खबर
पाैष २७, २०७८


लिपुलेकमाथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न गुरुङकाे माग

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले  भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा' भनेका छन् ।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेकाे उपभापति गुरुङले सरकारसँग माग गरेका छन् । उनले लेखेका छन्, 'पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।'













0 प्रतिकृया