Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


छानबिन समितिले हामीसँग केही साेधपुछ नगरी प्रतिवेदन बुझायो : आनन्दराज बतास

एक्सन खबर
पाैष २७, २०७८


छानबिन समितिले हामीसँग केही साेधपुछ नगरी प्रतिवेदन बुझायो : आनन्दराज बतास

काठमाडौं । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरुसँग कुनै प्रतिक्रिया नै नलिइ रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरु (बतास समूह)सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ ।

'जाँच गर्न बनेको समितिले हामीहरुसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन । विवाद आयो, हामी पनि त एक पक्ष हो नि! के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनु पर्ने होइन ?' बतासले भने, 'सरकारी समितिले एकपक्षीय रुपमा प्रतिवेदन बुझाएको छ।'

नारायणहिटी दरबार संग्रहालय एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिन/क्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरुले प्रक्रियागत रुपमा नै टेण्डर हालेको उनले दाबी गरे ।

'समितिले टेन्डर आह्वान गरेपछि हालेको हो। ३५ दिने सूचनामा सकैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौं र हाल्यौं । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै पाएनौं' उनले भने ।













0 प्रतिकृया