Follow us:


Follow us

६ कार्तिक २०८३, बिहिवार
६ कार्तिक २०८३, बिहिवार


बाटो खन्दैगर्दा पहिरो जाँदा धादिङमा तीन जना बेपत्ता

एक्सन खबर
पाैष २९, २०७८


बाटो खन्दैगर्दा पहिरो जाँदा  धादिङमा  तीन जना बेपत्ता

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइसकेकाे छैन ।













0 प्रतिकृया