Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

एक्सन खबर
पाैष ३०, २०७८


स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगकाे आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयाेगले बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलाे कार्यकाल पूरा हुन थाल्दा निर्वाचनकाे तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।













0 प्रतिकृया