Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


हिमालय पोस्ट डटकम छैटौं वर्षमा प्रवेश

एक्सन खबर
माघ १, २०७८


हिमालय पोस्ट डटकम छैटौं वर्षमा प्रवेश

काठमाडौं । हिमालय पोस्ट पाँचौ वर्ष पुरागरी छैटौं वर्षमा प्रवेश गरेको छ । लजिक मिडिया प्रा.लि.द्वारा सञ्चालित हिमालय पोस्ट डटकम आजबाट छैटौं वर्षमा प्रवेश गरेको हो ।

मोफसलदेखि राष्ट्रिय अन्तराष्ट्रिय तहका विविध विषयहरुलाई तथ्यगत रुपमा प्रकाशन÷प्रशारण गर्दै आइरहेको हिमालय पोस्टले आउँदा दिनहरुमा अझ विस्वासिलो र बलियो सञ्चारमाध्यमका रुपमा स्थापित गर्ने अध्यक्ष तथा प्रधान सम्पादक लोमस चापागाईंले बताएका छन् ।

शिक्षा, स्वास्थ्य, राजनीति, अर्थवाणिज्य, खेलकुद, मनोरञ्जन लगायत सञ्चारका सबै विधाहरुका विषयहरुलाई पस्कीइरहेको हिमालय पोस्ट आम पाठक र विज्ञापनदाताहरुको रोजाईमा पर्दै गइरहेको प्रबन्धनिर्देशक तथा सम्पादक मिलन भण्डारीले बताए ।



स्वतन्त्र पत्रकारिताको अभ्यास गर्दै आएको हिमालय पोस्टले गरिमामय पेशालाई बचाउँदै विक्रिति विसंगति विरुद्ध खबरदारी गर्ने सम्पादक भण्डारीले बताए । ‘हिमालय पोस्ट कुनै विचार, पद्दति र सिद्धान्तबाट स्वतन्त्र रहेर निष्पक्ष जनउत्तरदायी भएर अगाडी बढ्ने छ । आउँदा दिनहरुमा समाजमा लुकेर रहेका विषय र आमचासो र राष्ट्रियताका सवालमा खरो रुपमा प्रस्तुत हुनेछ ।’ उनले भने ।   













0 प्रतिकृया