Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

एक्सन खबर
२ माघ २०७८


पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । उनले पशुपति क्षेत्रकाे धर्मशाला नभएर स्टार हाेटल जस्ताे भएकाे बताए ।

छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन् ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउने बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए ।



आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता समेत जनाए । बतास समुहले राजनीतिक सेटिङ मिलाएर राज्यकाे श्राेतसाधनकाे चरम दुरूपयाेग गरेकाे मन्त्री आलेले बताए ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको थियाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए । यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताइएकाे छ ।

बतास समुह पछिल्लाे समय नारायणहिटी संग्रहालय, पाेखराकाे मिणपाल अस्पताल, सेती नदि उत्खनन लगायतका याेजनामा जाेडिँदै आएकाे छ ।



 













0 प्रतिकृया