Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


भारतमा कोभिडः २४ घन्टामा साढे दुई लाख संक्रमित

एजेन्सी
३ माघ २०७८


भारतमा कोभिडः २४ घन्टामा साढे दुई लाख संक्रमित

नयाँ दिल्ली । कोभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ ।

भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन  देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ ।

कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् । भारतमा काेभिड संक्रमण बढेसँगै नेपालमा पनि जाेखिम बढेकाे छ ।
 













0 प्रतिकृया