Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


प्रदेश २ को नाम मधेश प्रदेश बहुमतले पारित

एक्सन खबर
३ माघ २०७८


प्रदेश २ को नाम मधेश प्रदेश बहुमतले पारित

जनकपुरधाम । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।
 
प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो ।

मधेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरी सार्वजनिक बिदा दिइएको जानकारी दिए ।













0 प्रतिकृया